अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा डिशहोमले डिजिटल प्लेटफर्म मार्फत ‘द स्ट्रिङ’ नामक राष्ट्रिय स्तरको अंग्रेजी सांगीतिक प्रतियोगिता आयोजना गर्दैछ। यस प्रतियोगिताको उद्देश्य देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनीहरुलाई अवसरसँगै हौसला प्रदान गर्नु रहेको डिसहोमले जनाएको छ।
यो प्रतियोगिता आइतबार (असार ७) बाट सुरु भएको छ। तीन राउन्डमा सञ्चालन हुने यस प्रतियोगिताको अडिसन प्रतियोगिता सुरु भएको मितिदेखि एक महिनासम्म हुनेछ। सफ्ट अंग्रेजी गीत गाउन सक्ने जो कोहीले यस प्रतियोगितामा भाग लिन सक्नेछन्।
यसमा सहभागी हुन आफूले गाएको गीतको १ देखि २ मिनेट सम्मको भिडियो डिशहोमका फेसबुक पेजमा गएर सेयर गर्नु पर्नेछ। यस प्रतियोगिताको मापदण्ड अनुसार ७०, ८०, ९० दशकका सफ्ट अंग्रेजी गीतहरु मात्रै प्रतियोगितामा समावेश गराइनेछ।
सहभागिताको छनौट डिजिटल्ली र जजद्वारा गरिनेछ। डिशहोमद्वारा स्थापित जजहरुले प्रतिस्पर्धीको गाएकीमा टिप्पणी गर्नेछन्। वर्तमान परिस्थीति र लकडाउनलाई मध्यनजर गर्दै यस कार्यक्रमको संचालन तथा विजेताको घोषणा इन्टरनेट, फेसबुक तथा एसएमएस भोटिङ मार्फत गरिने छ। प्रतियोगितामा उत्कृष्ट हुन सफल भिडियोे डिशहोमको रियलिटी टीभीमा प्रशारण गरिनेछ।
प्रतियोगितामा सहभागी भई विजेता हुने मध्यवाट प्रथम विजेतालाई रु १ लाख, स्मार्ट टिभी, सौराह चितवनमा रहेको होटल रेन फरेस्ट मा दुई रात, तीन दिनको प्याकेज, द्वितियलाई पचास हजार र सौराह चितवनको होटल पार्क ल्याण्डमा दुई रात, तीन दिनकोे प्याकेज र तृतियलाई पच्चिस हजारको साथै धुलिखेलको जंगल रिसोर्ट मा प्याकेजको व्यवस्था गरिएको छ।
साथमा विजेताहरु लाई १ वर्षको रिचार्ज सहितको डिशहोम कनेक्सन पनि प्रदान गरिने छ।
Shares

प्रतिक्रिया