कला


यस्तो छ ‘हली’ को ट्रेलर (भिडिओसहित)

यस्तो छ ‘हली’ को ट्रेलर (भिडिओसहित)

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १५:४०, काठमाडौँ

साउन २२ गतेबाट प्रदर्शन हुने फिल्म ‘हली’ को ट्रेलर शुक्रबार रिलिज भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ट्रेलर रिलिज भएको हो।

फिल्म छाउप्रथामा आधारित छ। महिनावारी हुँदा स्कुल पढाउनु हुँदैन भन्दै स्कुल नपठाएको दृश्य ट्रेलरमा देख्न सकिन्छ। साथै २१ दिनसम्म बुबा र छोरा मान्छेको मुहार हेर्न हुन्न भन्ने कथा देख्न सकिन्छ।

ट्रेलर रिलिज कार्यक्रममा निर्माता पूजा गुरुङले यो फिल्म वास्तविक कथामा निर्माण भएको बताइन्।

निर्देशक ओम प्रतिकले मस्तिष्क चेतनालाई फराकिलो बनाइयो भने पढाइमा पीएचडी गर्नु नपर्ने धारणा राखे।

पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई निर्देशक ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की,सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ,नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय छ। साथै स्वयं निर्देशक प्रतीक पनि मुख्य भूमिकामा छन्।

यस फिल्मको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला,पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन्।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा क्रान्तिकारी शैलीको छ, जहाँ देशमा परिवर्तन ल्याउन एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको छ।

यस फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा संगीतकार गिरी र चर्चित गायिका शान्ति श्री परियारको दमदार स्वर छ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

राहुल राईको सुन्दर छायांकन रहेको यस फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।

नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad