कला


कविकाव्यले ‘खिर खाने दिन’ विशेष कार्यक्रम गर्ने

कविकाव्यले ‘खिर खाने दिन’ विशेष कार्यक्रम गर्ने

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १३:३७, काठमाडौँ

नेपाली साहित्य, संस्कृति र परम्परालाई एउटै मञ्चमा उत्सवका रूपमा प्रस्तुत गर्दै कविकाव्यले साउन १५ गते  ‘खिर खाने दिन विशेष (फ्राइडे नाइट पोइट्री) आयोजना गर्ने भएको छ। 

नेपालीहरूको मौलिक पर्व खिर खाने दिनको अवसरमा यसपटक कविता साहित्यसहित आयोजना हुन लागेको कार्यक्रमले साहित्यप्रेमी तथा संस्कृतिप्रेमीहरूलाई एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्ने गरेको कविकाव्यले जनाएको छ। 

नेपालमा साउन १५ गते खिर खाने परम्परा केवल एउटा खाद्य संस्कार मात्र नभएर, कृषि सभ्यता, पारिवारिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा स्थापित छ। 

यही परम्परालाई आधुनिक साहित्यिक चेतनासँग जोड्ने उद्देश्यले कविकाव्यले यसपटकको ‘फ्राइडे नाइट पोइट्री’लाई  ‘नेपाली छन्द कविता विशेष’ का रूपमा प्रस्तुत गर्न लागेको हो।

कार्यक्रममा अग्रज, स्थापित तथा समकालीन कविहरूले छन्द, गजल, गीत तथा समसामयिक कविताहरू वाचन गर्नेछन्। 

विशेष गरी नेपाली छन्द कवितालाई प्राथमिकताका साथ प्रस्तुत गरिने भएकाले नेपाली काव्य परम्पराको लय, सौन्दर्य र समृद्धिको अनुपम स्वाद लिन चाहनेहरूका लागि यो कार्यक्रम विशेष आकर्षण बन्ने कविकाव्यले जनाएको छ। 

कार्यक्रममा सहभागीहरूले उत्कृष्ट कविताको श्रवणसँगै परम्परागत स्वादिलो खिरको पनि स्वाद लिन पाउनेछन्। 

साहित्य, संस्कृति र नेपालीपनलाई एउटै वातावरणमा अनुभूति गराउने यस कार्यक्रमले साउन १५ को उत्सवलाई अझ अर्थपूर्ण बनाउने आयोजक कविकाव्यको विश्वास छ।

यदि तपाईं पनि कविता सिर्जना गर्नुहुन्छ भने, खिर खाने दिन, नेपाली संस्कृति, गाउँघरका सम्झना, साउनका अनुभूति वा नेपाली जीवनसँग सम्बन्धित विषयमा आफ्ना रचना प्रस्तुत गर्न सक्नुहुन्छ। विशेषगरी छन्दमा लेखिएका कविताहरूलाई हार्दिक स्वागत गरिने आयोजकले जनाएको छ।

कार्यक्रम विवरण
आयोजकः कविकाव्य
कार्यक्रमः खिर खाने दिन विशेष (फ्राइडे नाइट पोइट्री)
विशेष आकर्षणः नेपाली छन्द कविता विशेष
मितिः साउन १५ (शुक्रबार)
समयः साँझ ५ः३० देखि ७ः३० बजेसम्म
स्थानः चियास्थान, इमाडोल, ललितपुर
प्रवेशः निःशुल्क
विशेष व्यवस्थाः सहभागीहरूका लागि खिरको व्यवस्था

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad