तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता थलापति विजयको फिल्म ‘जन नायकन’ ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ। यस फिल्मले पहिलो दिन विश्वभर कूल ७८.२७ करोड भारतीय रुपैयाँको ओपनिङ गरेको हो।
योसँगै विजयले आफ्ना अघिल्ला फिल्म ‘गट’ (द ग्रेटेस्ट अफ अल टाइम) र ‘लियो’ को ओपनिङलाई उछिनेका छन्। ‘गट’ र ‘लियो’ ले पहिलो दिनमा क्रमश: ५१.३९ करोड र ७५.५३ करोड रुपैयाँ कमाएका थिए।
३०० करोडभन्दा बढीको बजेटमा बनेको यस फिल्मले घरेलु बक्सअफिसमा भने ५३.८५ करोड भारु ग्रस कलेक्सन गरेको छ।
अभिनेता विजयको अन्तिम फिल्म भनिएकाले ‘जन नायकन’ चर्चामा छ। यद्धपी, फिल्मले मिश्रित समीक्षा पाइरहेको छ। फिल्ममा थलापति विजयसँगै पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियामणि, नारायण, ममिता बैजुलगायतको अभिनय छ।
एच विनोथ निर्देशित यो फिल्म हिन्दीमा भने ‘जन नेता’ शीर्षकले रिलिज भएको हो। नेपालमा भने यो फिल्म रिलिज हुन सकेको छैन।
Shares

प्रतिक्रिया