रौतहट गुजरा नगरपालिका-५, हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
शुक्रबार बिहान करिब साढे १० बजे अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो।
बाराको करैयामाई गाउँपालिका-८ ईटहर बेलाही टोल घर भई हाल गुजरा नगरपालिका-५, हरिहरपुर टोलमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
6
Shares

प्रतिक्रिया