कलाकार जितु नेपालको लगानी रहेको फिल्म ‘आइएम जीत बहादुर’ को प्रदर्शन मिति तय भएको छ। फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।
यस फिल्ममा जितु र वर्षासहित प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।
45
Shares

प्रतिक्रिया