समाज


शौचालयमा लडेर सशस्त्र प्रहरी हबलदारको मृत्यु

शौचालयमा लडेर सशस्त्र प्रहरी हबलदारको मृत्यु

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १२:५, सप्तरी

सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी वलमा कार्यरत एकजना हबलदारको मृत्यु भएको छ। 

बोदेबर्साइन नगरपालिका-५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हबलदार जितेन्द्र कुमार यादवको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

गएराति राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका सशस्त्र प्रहरी बल सप्तरीका प्रमुख एसपी रोशन बुढाथोकीले जानकारी दिए।

बाराको पचरौता नगरपालिका–८ निवासी यादवमा उच्च रक्तचापको समस्या थियो। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad