कला


‘रोल नं १’ को पहिलो झलक सार्वजनिक

‘रोल नं १’ को पहिलो झलक सार्वजनिक

नेपालखबर
चैत १९, २०८२ बिहिबार १३:१४, काठमाडौँ

फिल्म ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक भएको छ। निर्माण कम्पनी सेभेन सिज सिनेमाले बिहिबारदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को अवसरमा पहिलो झलक सार्वजनिक गरिएको हो।

फिल्मका दुई पोस्टरले पात्रहरूको परिचयसँगै चलचित्रको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। सार्वजनिक दुई पोस्टरमध्ये एउटामा बाल–कलाकार निर्भिक रेग्मी मुख्य पात्र मुकुन भुसाल र रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन्।

उनीहरूको भेषभुषाले चलचित्र उनीहरूले जीवन जिउनका लागि गरिरहेको संघर्षलाई चित्रण गरेको छ। अभावमा पनि छोरालाई पढाइरहेको पोस्टरले देखाएको छ।

अर्को पोस्टरमा बालक आफ्ना बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ। बालकको अनुहारमा देखिएको खुसी र पछाडि देखिएको पहाडी भेग छ। जहाँ, बालकको टाउकोमुनि र उसको बुवाको टाउको माथि कपी छ।

यसले विद्यार्थीका लागि आवश्यक पठन सामग्री ग्रामीण विद्यार्थी र अभिभावको शिक्षाको सपनाको बाधक बनिरहेका छन् भन्ने संकेत गरिरहेको छ। पठन सामग्री जुटाउन ग्रामीण अभिभावकलाई कति कठिन छ भन्ने यो पोस्टरको देखाउने प्रयास गरेको छ। 

फिल्मको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ राखिएको छ, जसले यो सिनेमा विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनामा केन्द्रित रहेको प्रस्ट पार्छ। यो फिल्म आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शन हुनेछ। 

चलचित्रको शीर्षक ‘रोल नं १’ ले प्रतिस्पर्धाको कुरा गर्छ, तर पोस्टरले त्यो ‘१’ अंक हासिल गर्न एउटा निम्मवर्गीय परिवारले कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने देखाउँछ।

 बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको ‘पूर्ण बहादुरको सारङ्गी’को टिमले बनाएको सिनेमा भएकाले र पोस्टरमा देखिएको ‘इमोसनल टोन’ले दर्शकलाई चलचित्रप्रति भावनात्मक रूपमा पहिल्यै जोड्ने निश्चित छ।

जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन र रेनुसहित सुशांक मैनाली, सिर्जना अधिकारी मुख्य भूमिकामा छ। चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad