नेपाली कांग्रेसले ‘इलेक्सन ब्युरो’ गठन गरेको छ।
४४ औँ बीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उपसभापति पुष्पा भुसालले पार्टीभित्र सभापति गगनकुमार थापाको परिकल्पनाअनुसार ‘इलेक्सन ब्युरो’ टिम गठन भएको जानकारी दिएकी हुन्।
उक्त ब्युरोको उपसंयोजकमा पूर्वसहमहामन्त्री एवं केन्द्रीय सदस्य जीवन परियार रहेका छन्।
कार्यक्रममा उपसभापति भुसालले पार्टीको नयाँ विधानले कांग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अगाडि बढाएको बताइन्।
उनले पार्टी अब नयाँ कार्यशैलीका साथ अघि बढ्न लागेको र यस क्रममा विधानको सफल कार्यान्वयन गर्नु पार्टीका लागि ‘अग्निपरीक्षा’ भएको बताइन्।
861
Shares

प्रतिक्रिया