समाज


‘बिचौलिया’ भन्दै कार्यालय प्रवेश निषेध गरिएपछि हरिवनका लेखापढी व्यवसायी आन्दोलित

‘बिचौलिया’ भन्दै कार्यालय प्रवेश निषेध गरिएपछि हरिवनका लेखापढी व्यवसायी आन्दोलित

नेपालखबर
चैत १९, २०८२ बिहिबार १२:११, काठमाडौँ

बिचौलिया भनेर अपमान गरिएको र कार्यालय प्रवेश गर्न नदिएको विरोधमा सर्लाहीको हरिवनस्थित मालपोत र नापी कार्यालयका लेखापढी व्यवसायीले आज सम्पूर्ण काम ठप्प पारेका छन्। 

लेखापढी व्यवसायी संघ हरिवनका अध्यक्ष प्रकाश घिमिरेले बिचौलिया भन्दै पालपोत र नापी कार्यालयमा प्रवेश निषेध गरिएपछि सम्पूर्ण लेखापढी व्यवसायी ‘पेन डाउन’ गरेर आन्दोलनमा उत्रिएको जानकारी दिए। 

‘हामीले नियमअनुसार प्यानमा दर्ता गरेर नेपाल सकारलाई राजश्व तिरेर व्यवसाय सञ्चालन गरेका हौँ,’ उनले भने, ‘हामीले ५५ हजार रुपैयाँ धरौटी राखेका छौँ। नेपाल सरकारका सबै नियम पालना गरेर व्यसाय गर्ने हामी कसरी बिचौलिया भयौँ?’

मालपोत र नापी कार्यालय अगाडि बसेर सेवा दिँदै आएका लेखनदासलाई आजबाट कार्यालयभित्र जानबाट रोकिएपछि पेन डाउन गरेर आन्दोलन सुरु गरिएको अर्का लेखन्दास प्रवीण दाहालले बताए। 

‘हामी सबै लेखापढी व्यवसायीले अहिले सटर झारेका छौँ,’ उनले भने, ‘यहाँ सबै काम ठप्प छ। हामी लेखापढी सहजकर्तालाई बिचौलिया भन्दै मालपोत र नापी कार्यालयभित्र प्रवेश गर्न नदिने भनियो। हामी सरकारले अनुमति दिएर बसकेका हौँ, बिचौलिया भन्दै अपमानित गर्न पाइँदैन।’ 

अर्का लेखापढी व्यवसायी कृष्ण भण्डारीले लेखापढी व्यवसायीका माग पूरा नभए सेवा ठप्प पार्ने चेतावनी दिए। 

‘हामीले आज सटर झारेर आन्दोलन सुरु गरेका छौँ,’ उनले भने, ‘सरकारको परिपत्र अनुसार भन्दै हामीलाई आज नापी र मालपोतमा प्रवेश गर्न रोक लगाइएको छ। यो सेवाग्राही र हामीमाथि घोर अन्याय भयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad