सन् २०१० को सुरुवातमा सिओडी ब्यान्डका सदस्यहरुद्वारा स्थापित ‘सुपरस्टार इन्टरटेनमेन्ट’ नेपाली भिडिओ प्रोडक्सनको क्षेत्रमा चर्चित नाम हो। विगत १४ वर्षपछि नयाँ कलाकारहरुलाई प्लेटफर्म दिँदै आएको यसले नेपाली संगीत उद्योगमा गहिरो छाप छोडेको छ।
यस कम्पनीले यम बुद्धको ऐतिहासिक गीत ‘साथी’ बाट आफ्नो यात्रा सुरु गरेको थियो। जिएक्ससोल, आर्लभ गुरुङ र बेइट जस्ता कलाकारहरुसँग मिलेर कैयौं हिट गीतहरु दिइसकेको यस प्रोडक्सन हाउसले ४ वर्षको अन्तरालपछि नयाँ प्रस्तुति ल्याएको छ। उदीयमान र्यापार तथा प्रोड्युसर रुथलेक्सको स्वर र संगीत रहेको ‘नखोज फाइदा तिमी’ सार्वजनिक भएको छ।
यस भिडिओलाई बिएक्सधनले निर्देशन गरेका छन्। जसको नयाँ सोच र एक्स फ्याक्टर नेपाली आर एन्ड बी भिडिओको स्तरलाई विश्वव्यापी बनाउने अपेक्षा गरिएको छ। निर्देशनदेखि अन्तिम प्रस्तुतिसम्म बिएक्सधनले भिडिओ उद्योगमा एउटा नयाँ उर्जा र भिजन ल्याएका छन्।
Shares

प्रतिक्रिया