म्युजिक भिडियो निर्देशक विधान कार्की र चलचित्रकर्मी मनीषा पोखरेलले विवाह गरेका छन्।
एक दशकदेखि नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा सक्रिय कार्की र पोखरेलले परिवार तथा नजिकका आफन्तको उपस्थितिमा विवाह गरेका हुन्। विवाह गरेकामा कार्कीलाई उनका प्रशंसकले सफल दाम्पत्य जीवनको कामना गरिरहेका छन्।
अमेरिकाबाट फिल्म निर्माणको अध्ययन गरेका कार्कीले नेपाली म्युजिक भिडिओ क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका छन्। उनले हालसम्म सयभन्दा बढी म्युजिक भिडिओ, छोटो फिल्म तथा विज्ञापन निर्देशन गरिसकेका छन्।
उनी नेपाल म्युजिक भिडिओ निर्देशक समाजका संस्थापक अध्यक्ष पनि हुन्।
321
Shares

प्रतिक्रिया