समाज


विकल पौडेलको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

विकल पौडेलको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

नेपालखबर
चैत ५, २०८२ बिहिबार १९:३३, काठमाडौँ

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको आयोगले जनाएको छ।

पौडेल समेतका प्रतिवादीहरू उपर सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिद गर्दा ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ।

अख्तियारले अनियमितता गरेको रकम बराबर बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना तथा बिगो रकम असुल उपर हुन र पौडेल उपर थप सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

विशेष अदालतले यही २०८२ वैशाख २१ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी आज चैत ५ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad