कला


यो वर्षकै छिटो ३०० करोड क्लबमा प्रवेश गर्ने बलिउड फिल्म बन्यो ‘धुरन्धर’

यो वर्षकै छिटो ३०० करोड क्लबमा प्रवेश गर्ने बलिउड फिल्म बन्यो ‘धुरन्धर’

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १४:१९, काठमाडौँ

बलिउड अभिनेता रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ।

फिल्मले प्रदर्शनको नौ दिनसम्म घरेलु बक्सअफिसमा ३ सय ६ करोड बढी भारतीय रुपैयाँको कमाइ गरेको हो।

एक्सन-थ्रिलर जनरामा बनेको फिल्मले यस फिल्मले पहिलो दिन २८.६० करोड भारु ओपनिङ गरेको थियो।

दोस्रो दिन ३३.१० करोड कमाउँदा तेस्रो दिन ४४.८० करोड भारु कलेक्सन गरेको थियो। चौथो दिन सोमबार फिल्मले २४.३० करोड कमायो। पाँचौं दिन व्यापार २८.८० करोड हुँदा छैटौं दिन २९.२० करोड भएको थियो।

सातौँ दिन भने २९:४० कलेक्सन गर्‍यो। तर, दोस्रो साताबाट कमाइमा वृद्धि भएको देखिन्छ। दोस्रो शुक्रबार २४ शुक्रबार ३४.७० करोड कमाएको फिल्मले शनिबार एकैदिन ५३.७० करोड भारु कलेक्सन गरेको हो।

योसँगै ‘धुरन्धर’ सन् २०२५ को सबैभन्दा छिटो ३०० करोड क्लबमा प्रवेश गर्ने बलिउड फिल्म बनेको छ। यसअघि ‘पुष्पा २’ को हिन्दी संस्करणले प्रदर्शनको दोस्रो शनिबार ४६.५० करोड भारु कमाउँदै सबै बलिउड फिल्मलाई उछिनेको थियो।

हिजो शनिबार यस फिल्मले ५३.७० करोड भारु कमाउँदै ‘पुष्पा २’ को रेकर्ड समेत तोडेको छ। रणवीर फिल्ममा एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्।

फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन्, जसले पहिले ‘उरीस् द सर्जिकल स्ट्राइक’ फिल्म निर्देशन गरेका थिए। फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad