साहित्यकार तथा गीतकार राजेन्द्र थापा र वरिष्ठ चिकित्सक प्रा.डा. बुद्धिबहादुर थापालाई राष्ट्रिय विभुती भीमसेन थापा स्मृति प्रतिभा सम्मान २०८३ प्रदान गरिएको छ।
शनिबार भीमसेन थापाको २५२औँ जन्मजयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित स्मृति सभामा उनीहरूलाई सम्मान प्रदान गरिएको हो। नेपाली सेनाका प्रधानसेनापती अशोकराज सिग्देलले दुवै जनालाई सम्मान प्रदान गरेका हुन्।

यससँगै राष्ट्रिय विभुती भीमसेन थापाको सम्झनामा रक्तदान कार्यक्रम पनि गरिएको छ। बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेशन, नेपालले आयोजना गरेको कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा. राम थापा क्षेत्रीले राष्ट्रिय विभूति भीमसेन थापाले पुर्याएको योगदानको चर्चा गरेका थिए।
39
Shares

प्रतिक्रिया