ग्लोबल


अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोली चल्दा २ जनाको मृत्यु, ८ गम्भीर घाइते

अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोली चल्दा २ जनाको मृत्यु, ८ गम्भीर घाइते

ब्राउन विश्वविद्यालय अमेरिकाको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयमध्ये एक हो।


नेपालखबर
मंसिर २८, २०८२ आइतबार १४:२७, काठमाडौँ

अमेरिकाको रोड आइल्यान्डस्थित ब्राउन विश्वविद्यालयमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ८ व्यक्ति गम्भीर घाइते भएका छन्।

बीबीसीका अनुसार प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। 

घाइतेहरूलाई अस्पताल लगिएको छ भने उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। 

कालो लुगा लगाएका आक्रमणकारी भने गोली चलाएर पैदलै घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ।

प्रहरीले एक जनालाई नियन्त्रणमा लिए पनि उनी घटनासँग सम्बन्धित नभएको पाइएपछि रिहा गरिएको छ। 

ब्राउन विश्वविद्यालय र वरपरका क्षेत्रका लागि घरभित्रै बस्न चेतावनी जारी गरिएको छ। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलीकाण्डबारे आफूलाई जानकारी गराइएको बताएका छन्।

घटना शनिबार स्थानीय समयअनुसार साँझ ४:०५ बजे भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad