कला


‘अञ्जिला’को टिजरमा संघर्षदेखि सफलतासम्मको कथा

‘अञ्जिला’को टिजरमा संघर्षदेखि सफलतासम्मको कथा

नेपालखबर
माघ २९, २०८१ मंगलबार १५:१, काठमाडौँ

फागुन २९ गते रिलिज हुने फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको वास्तविक संघर्षलाई टिजरमा समावेश गरिएको छ।

टिजरमा यो एउटा सङ्घर्षशील सपना देख्नेहरूको कथा रहेको बताइएको छ। रेडियोमा बजाइएको आवाजमार्फत अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रतिनिधित्व गर्ने निष्कलङ्क एउटा विधा छ भने त्यो खेल नै हो भन्ने भाष्यलाई स्थापित गर्दै टिजर अघि बढाइएको छ। टिजरमा मुख्य भूमिकामा रहेकी एञ्जिलालाई केन्द्रमा राखिएको छ।

साथै अभिनेता दयाहाङ राई र  सृजना सुब्बा लगायतलाई चलचित्रका निर्देशक मिलन चाम्सले एञ्जिलाको विगतका छायाबाट, भविष्यका लागि गरेको सङ्घर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित चलचित्र रहेको बताए। चाम्सले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको जिकिर गरे।

चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन्। निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन्।

यस चलचित्रको भव्य वर्ल्ड प्रिमियर गत मङ्सिर २३ गते हङकङमा भएको थियो भने हाल युकेमा प्रिमियरको आयोजनाको लागि निर्देशक चाम्स र निर्माता श्रेष्ठ लन्डन पुगेका छन्। यो चलचित्र नेपाल रिलिज अगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ।

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह९निर्माता हुन्। विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad