कारोबार


वर्ल्डलिंकको आयोजनामा सुरक्षित इन्टरनेट कार्यक्रम : सचेतना थप बढाउनुपर्ने

वर्ल्डलिंकको आयोजनामा सुरक्षित इन्टरनेट कार्यक्रम : सचेतना थप बढाउनुपर्ने

नेपालखबर
माघ २९, २०८१ मंगलबार १५:६, काठमाडौँ

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले इन्टरनेट सुरक्षासम्बन्धी कार्यक्रम आयोजना गरेको छ।

सुरक्षित इन्टरनेट दिवसको अवसरमा सचेतना बढाउन काठमाडौंका सरोकारवालाबीच छलफल गरेको हो। 

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले आफूहरूले ३ वर्षमा १५ हजार बढी विद्यार्थीलाई जनचेतनामूलक कार्यक्रम गरेको बताए। उनले पछिल्ला ३ वर्षमा ०.९ प्रतिशत विद्यार्थीलाई सचेतना दिए पनि अपुग भएको बताए। 

‘इन्टरनेट सुरक्षित बनाउने विषय कुनै एउटा सेवा प्रदायक मात्रै नभई परिवार, सरकारले अपनत्व लिनुपर्छ’, सीईओ नेपालले भने, ‘हामी ९९.१ प्रतिशत विद्यार्थीमाझ अझै पुग्नसकेका छैनौँ। सबैको सहकार्य गरी सबैमा सचेतना बढाउन सकिन्छ।’

नेपालमा इन्टरनेटको प्रयोग उत्पादकत्वभन्दा बढी रमाइलोको लागि हुने गरेको छ।

‘वर्ल्डलिंकले एउटा बच्चाहरुलाई लक्षित गरेर प्याकेज ल्याएका थियौँ’, उनले भने, ‘३ प्रतिशत अभिभावकले मात्रै उक्त इन्टरनेट प्रयोग गर्नुभएको छ। यसलाई हेर्दा हाम्रो चेतनामै कमी रहेको देखिन्छ।’

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले धेरै नेपालीले इन्टरनेटको प्रयोग बढे पनि सुरक्षित रुपमा कसरी चलाउने भन्ने छलफल आवश्यक भएको बताए। महानिर्देशक शर्माले इन्टरनेटको पहुँच बढ्ने र सुरक्षित नहुँदा यस क्षेत्रप्रति नकारात्मक धारणा समेत रहेको सुनाए। 

सूचना प्रविधिको विकाससँगै व्यक्तिगत डाटाको दुरुपयोग बढ्दै गएको बताउँदै अनुमति लिएर मात्रै प्रयोग गर्ने वातावरण बनाउनुपर्ने जनाएको छ।

वर्ल्डलिंकले इन्टरनेटको प्रयोग सुरक्षित गर्नको लागि वर्ल्डलिंक इन्टरनेट एकाडेमी स्थापना गरी सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको छ।  सूचना प्रविधि विभाग, पुलचोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुको संस्था लोकससंगको सहकार्यमा मेरियट होटलमा कार्यक्रम गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad