कला


‘पुष्पा २’ ले विश्वभर कमायो १४ सय करोड भारु

‘पुष्पा २’ ले विश्वभर कमायो १४ सय करोड भारु

नेपालखबर
पुस २, २०८१ मंगलबार १५:२०, काठमाडौँ

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रूल’ बक्सअफिसमा आक्रामक व्यापार गरेको छ। फिल्मले लगातार एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ।

डिसेम्बर ५ मा रिलिज भएको यो फिल्मले पहिलो दिन हिन्दी भाषामा ७२ करोडको व्यापार गरेको थियो। भारतमा कमाईका हिसाबले यो फिल्म ९१९।६ करोड क्लबमा सामेल भएको छ।

सुकुमार निर्देशित ‘पुष्पा २’ यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। विश्वभर २९४ करोडको ओपनिङ गरेको थियो। दिनप्रतिदिन फिल्मले कमाईका सबै रेकर्ड तोड्दै अगाडि बढिरहेको छ।

अब यस फिल्मले विश्वभर ११ औं दिनसम्म १४०९ करोड भारतीय रुपैयाँको आकंडा पार गरेको छ। जुन साउथ सिनेमाका लागि ठूलो कुरा हो। यो फिल्म सन् २०२४ को हिन्दी सिनेमाको बम्पर कमाउने फिल्म बनेको छ।

सुपरस्टार आमिर खानको फिल्म ‘दंगल’ ले कलेक्सनको हिसाबले विश्वभर सबैभन्दा धेरै कमाउने रेकर्ड राखेको छ। फिल्मले विश्वव्यापी रूपमा २०२४।६ करोड भारुको व्यापार गरेको थियो।

‘दंगल’ बाहेक ‘बाहुबली २’ र ‘आरआरआर’ को नाम पनि यो सूचीमा छ। तर, अब अल्लु अर्जुन र रश्मिकाको ‘पुष्पा २’ लाई हेर्दा छिट्टै नयाँ कीर्तिमान बन्ने देखिन्छ।

सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनील, अजय घोषलगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad