कारोबार


नेप्से २ अंकले बढ्दा ४ अर्बमा खुम्चियो कारोबार

नेप्से २ अंकले बढ्दा ४ अर्बमा खुम्चियो कारोबार

नेपालखबर
पुस २, २०८१ मंगलबार १५:२२, काठमाडौँ

दिनभरको उतारचढावका बीच मंगलबार २.९५ अंकले बढेर नेप्से बन्द भएको छ।

सूचक ०.११ प्रतिशतले बढेर बन्द हुँदा नेप्से २६३३.८७ अंकमा पुगेको हो।

आज कुल ४ अर्ब ४ करोडको कारोबार हुँदा सबैभन्दा धेरै जानकी फाइनान्सको सर्वाधिक कारोबार भयो।

यो कम्पनीको २२ करोडको कारोबार भएको हो।

योबाहेक नेपाल फाइनान्स र बेस्ट फाइनान्सको पनि आज सर्वाधिक कारोबार भएको छ।

यता मूल्य बढ्नेमा भने आज सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र डोल्टी पावर कम्पनी अगाडि देखिएका छन्।

यी कम्पनीहरुको क्रमश: १० प्रतिशत, ९.८५ प्रतिशत र ९.०९ प्रतिशतले मूल्य बढेको छ।

समग्रमा आज कारोबारमा आएका ३१८ वटा सेयरमध्ये ११७ वटाको मूल्य बढेको हो। 

घट्नेमा भने ११७ वटा सेयर छन्। यसमा कुथेली बुखारी, आरबीबी म्युचुअल फण्ड २ र रिभर फल्स पावर अगाडि छन्।

यी कम्पनीहरुको क्रमश: १० प्रतिशत, ५.४८ प्रतिशत र ५.२३ प्रतिशतले मूल्य बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad