‘द मिस ग्लोब’ को उपाधि कोलम्बियाले जितेको छ। आज बिहान अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायना मोरेनोले ताज पहिरिएकी हुन्।
नेपालकी मोनिका अधिकारी भने टप १६ सम्म पुग्न सफल भइन्। यो नेपाल को द मिस ग्लोब मा पहिलो सफलता हो।
२० दिन सम्म चलेको प्रतियोगितामा मोनिकाले हेड टु हेड च्यालेन्ज र मस्ट पपुलर बिधामा फाइनलमा पुगेकी हुन्। मोनिका शुक्रबार नेपाल फर्किदैछिन ।
मिस ग्लोब नेपाल मिस्टर एन्ड मिस नेसनलभित्रकै एक महत्त्वपूर्ण उपाधी हो। सनुर्वी इन्टरनेशनलका अध्यक्ष तथा पुर्व मिस्टर नेपाल डा। सन्तोष उपाध्याय सन् २०२१ मा मिस्टर सुप्रानेसनलमा थर्ड रनरअपसहित २ सब टाइटल जित्न सफल भएका थिए।
नेपालीले आवसर र आयोजकको राम्रो साथ पाए अन्तर्राष्ट्रिय उपाधी ल्याउस सकिन्छ भनेर आफै आयोजक भएको उनको भनाइ छ।
183
Shares

प्रतिक्रिया