सेयरबजारमा आज ५ अर्ब ६६ करोड रुपैयाँबराबरको किनबेच भएको छ।
यो किनबेचमा २०६ वटाको सेयर मूल्य बढ्दा ३५ वटाको घटेको र ३ कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल नभएको हो।
नेपाल स्टक एक्सचेन्जले १ करोड ३२ लाख २४ हजार बढी कित्ता सेयर किनबेचमा उक्त परिमाणको कारोबार भएको उल्लेख गरेको छ।
आज सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड, हिमालयन रिइन्स्यारेन्सको १५ करोड, एनआईसी एसिया बैंकको १४ करोड ७५ लाख, गुडविल फाइनान्सको १३ करोड २० लाख र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको प्रमोटर सेयर १३ करोड १३ लाखको कारोबार भएको हो।
दसैँपछि खुलेको सेयरबजारमा अघिल्लो दिन नेप्से सूचक ३१ अंकले बढेकोमा आज बुधबार ४३.२२ अंकले बढेको छ। बुधबार १.६० प्रतिशत सूचकवृद्धिसँगै नेप्से २७४२.८८ विन्दुमा छ।
योसँगै आज विजय लघुवित्त ७९.९० (९.३३ प्रतिशत), इस्टर्न हाइड्रोपावर ७९.९० (९.२४ प्रतिशत), समता लघुवित्त ७५ (८.६२ प्रतिशत), आत्मनिर्भर लघुवित्त ३७५ (८.५९ प्रतिशत) र सगरमाथा जलविद्युत् कम्पनीको सेयरमा ४० (७.४५ प्रतिशत) रुपैयाँ प्रतिकित्ता सेयर आम्दानी भएको छ।
यी कम्पनीका लगानीकर्ताले उक्त दरले कमाउँदा अपर स्यांगे हाइड्रोपावर ९६.१० (१० प्रतिशत), मिड सोलु हाइड्रोपावर ५६.९० (५.५४ प्रतिशत), मिथिला लघुवित्त ७९ (४.५५ प्रतिशत), सनराइज फर्स्ट म्युचुअल फन्ड ०.३० (२.९७ प्रतिशत) र सानिमा इक्विटी फन्डको सेयरमा ०.३२ (२.८३ प्रतिशत) रुपैयाँ प्रतिसेयर नोक्सानी भएको छ।
Shares

प्रतिक्रिया