कला


‘छक्का पञ्जा ५’ले ३ दिनमै कमायो ५ करोड

‘छक्का पञ्जा ५’ले ३ दिनमै कमायो ५ करोड

नेपालखबर
असोज २७, २०८१ आइतबार १०:४७, काठमाडौँ

दसैँको अवसर पारेर यही असाेज २४ गते  (फूलपाती) देखि प्रदर्शनरत ‘छक्का पञ्जा ५’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। फिल्मले शनिबारसम्म ३ दिनमा ५ करोड रुपैयाँ कमाइसकेको छ।

तीन दिनमा भएको व्यापारबारे फिल्म निर्माता दीपकराज गिरीले भने, ‘फिल्मले तीन दिनमा ५ करोडको व्यापार गरेको छ। उपत्यका र मोफसल सबैतिर अकुपेन्ची राम्रो छ। सबैभन्दा फिल्मको कथाले राम्रो प्रतिक्रिया पाइरहेको छ।’ 

‘छक्का पञ्जा ५’ चर्चित फिल्म ‘छक्का पञ्जा’को पाँचौँ शृंखला हो। यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ। दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ।

फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखकलगायतले पनि अभिनय गरेका छन्। 

सोही दिन एकसाथ रिलिज भएका जितु नेपालको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’ले पनि दर्शकको राम्रै साथ पाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad