हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
यो सडक खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक सडक प्रयोग गरेर काठमाडौँ हेटौँडा आवत जावत गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्याम अर्यालले जानकारी दिए।
‘हेभीको उकालोमा इभी गाडीहरु उक्लिन नसक्ने देखियो,’ उनले नेपालखबरसँग भने, ‘जसले गर्दा त्यहाँ अहिले धेरै सवारी साधन फसेका छन्। त्यसैले हामीले सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका हौँ।’ उनले सडक पूर्णरुपमा अवरुद्ध भने नरहेको बताए।
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ अथवा कान्तिलोकपथ गर्न आग्रह गरिएको बताइन्।
कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेको उनको भनाई छ।
Shares

प्रतिक्रिया