टाइम म्यागजिनले अमेरिकी गायिका टेलर स्विफ्टलाई ‘पर्सन अफ द इयर २०२३’ घोषणा गरेको छ।
म्यागजिनसँग कुरा गर्दै टेलर स्विफ्टले यतिबेला आफूले सबैभन्दा गर्व र खुसी महसुस गरिरहेको बताइन्।
टेलर स्विफ्ट अहिले आफ्नो इराज टुरका कारण चर्चामा छिन्। यो भ्रमणले अहिलेसम्मका सबै कीर्तिमान तोडेको छ।
स्विफ्टले पत्रिकासँग आफ्नो भ्रमणको बारेमा पनि कुरा गरिन्। १८० मिनेटको सांगीतिक कन्सर्टका कारण आफूलाई भ्रमणका क्रममा प्रायः थकान महसुस हुने गरेको उनले बताइन्।
यो अवार्ड किन दिइन्छ?
टाइम म्यागजिनले सन् १९२७ देखि यो शीर्षकमा हरेक वर्ष अवार्ड दिइरहेको छ। यो त्यस्ता व्यक्ति वा घटनालाई दिइन्छ, जसले त्यस वर्षका विश्वव्यापी घटनामा सबैभन्दा ठूलो प्रभाव पारेको हुन्छ।
टेलर स्विफ्टभन्दा पहिले अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीजस्ता सेलिब्रेटीलाई पनि यो उपाधि दिइएको छ।
Shares

प्रतिक्रिया