ad ad

कला


सलमानसँग केआरकेको अनुरोध– मलाई तपाईंको फिल्म समीक्षा गर्न अनुमति दिनुहोस्

सलमानसँग केआरकेको अनुरोध– मलाई तपाईंको फिल्म समीक्षा गर्न अनुमति दिनुहोस्

फाइल तस्बिर : कमल राशिद खान र सलमान खान


नेपालखबर
माघ १६, २०७९ सोमबार १०:५८, काठमाडौँ

बलिउड फिल्म समीक्षक कमल राशिद खान (केआरके) ले हालै एउटा ट्विट गरेका छन्। जसमा उनले सलमान खानलाई उनको आगामी फिल्म ‘किसी का भाइ किसकी जान’को टिजर रिभ्यु गर्न अनुमति दिन अनुरोध गरेका छन्।

एकताका सलमान खानले केआरकेविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए। केआरकेले सामाजिक सञ्जालमा पोस्ट र भिडिओमार्फत आफ्नो छवि बिगारिरहेको आरोप सलमान खानले लगाएका थिए। यसै कारण केआरकेले आफ्नो फिल्म वा टिजरको समीक्षा गरेको सलमान रुचाउँदैनन्। 

केआरकेले ट्विटरमा लेखेका छन्, ‘अदालतको आदेश छ कि मैले सलमानको फिल्म समीक्षा गर्न सक्दिनँ। म कानुन पालना गर्ने मान्छे हुँ, त्यसैले म कानुन तोड्न सक्दिनँ। फिल्म ‘किसी का भाइ किसीकी जान’को टिजर रिभ्यु गर्न पब्लिकले अनुरोध गरिरहेका छन्। त्यसैले म सलमान खानलाई रिभ्यु गर्न अनुमति दिन अनुरोध गर्दै छु। सलमानले पनि जनताको सम्मान गर्नुपर्छ।’ 

केआरकेले यो ट्विट गर्नुभन्दा एक दिनअघि सलमान खानका बुवा सलीम खानलाई ट्याग गर्दै एउटा ट्विट गरेका थिए।

जसमा केआरकेले लेखेका छन्, ‘सर सलिम खान साहब, तपाईंले एक टीभी च्यानलमा भन्नुभएको थियो कि कसैलाई माफ गर्नु सबैभन्दा ठूलो कुरा हो। त्यसैले कृपया सलमान खान सर, तपाई‌ंका आगामी फिल्महरूको समीक्षा गर्न अनुमति दिनुहोस्। म तिनीहरूको मजाक गर्दिनँ, म वाचा गर्छु- म फिल्मको व्यावसायिक समीक्षा मात्रै गर्ने छु।’

केआरकेको यो ट्विटका विषयमा प्रयोगकर्ताहरुले उनलाई निकै ट्रोल गरिरहेका छन्। एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘भाइ, तपाईं को हुनुहुन्छ? जनतालाई तपाईंको समीक्षा किन चाहिन्छ? मान्छेमा बुद्धि हुन्छ, कुरा बुझ्ने । किन बकवास भाइ।’

अर्का प्रयोगकर्ता लेख्छन्, ‘कसले उनलाई फिल्म रिभ्यु गर्न अनुरोध गरिरहेको छ। कृपया सलमान खानले समीक्षा गर्न नदिनुहोस्। म तपाईंको फ्यान हुँ, फ्यानको भनाइलाई सम्मान गर्नुहोला।’

सलमानको फिल्म ‘किसी का भाइ किसीकी जान’ २१ अप्रिल २०२३ मा रिलिज हुँदै छ। यो फिल्ममा सलमानसँगै अभिनेत्री पूजा हेगडेले शीर्ष भूमिका निर्वाह गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .