नेपाल फिल्म 'यात्रा' बाट रजतपटमा देखा परेकी नायिका हुन मलिका महत।
पहिलो फिल्मबाट नै दर्शकले उनलाई राम्रो नोटिस गरे। निर्माता निर्देशकले पनि उनको क्युट लुक्स र शालीन अभिनयलाई मन पराए।
मलिकाको डेब्यू फिल्मले सफलता पाउन सकेन। फिल्म असफल भएपनि उनको सम्भावनाका बारेमा फिल्म उद्योगमा राम्रै चर्चा भयो। उनलाई थुप्रै फिल्मबाट अफर आयो। तर पहिलो फिल्म नै असफल भएपछि मलिकाले फिल्ममा आसै चासो देखाइनन्। अफर आएका फिल्म छोडिन्।
ठिक त्यहीबेला कोरोना कहर सुरु भयो। मलिकाको फिल्मी यात्रा पनि सुस्तायो।
यही समय मलिकाले म्युजिक भिडियोमा अभिनय गरिन। मलिकाको चर्चा एकाएक चुलियो। उनलाई म्यूजिक भिडियोले नयाँ उचाइ दियो।
त्यसपछि उनले अभिनय गरेको नयाँ फिल्म ‘पानीफोटो’ साउन १३ बाट प्रदर्शनको तयारीमा छ।
खगेन्द्र लामिछानेले निर्देशन गरेको यो फिल्मका पोस्टर तथा टिजर हेरेर मालिकाको चर्चा पुनः सुरु भएको छ।
खारिएका कलाकार अनुप बराल, मेनुका प्रधान र खगेन्द्र लामिछानेसँगको कामले मालिकालाई करिअर नयाँ गन्तब्य दिने चर्चा सुरु भएको छ। मलिका पनि फिल्मी यात्राको नयाँ गन्तव्यको खोजीमा छिन्।
Shares

प्रतिक्रिया