ad ad

खेल


एन्फा नयाँ कार्यसमितिको दोस्रो बैठक बस्दै

एन्फा नयाँ कार्यसमितिको दोस्रो बैठक बस्दै

नेपालखबर
साउन २, २०७९ सोमबार १०:२३, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) मा पंकज विक्रम नेम्वाङको अध्यक्षतामा नयाँ कार्यसमिति आएपछि सोमबार दोस्रो बैठक बस्दै छ। 

बैठक ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो। 

नयाँ नेतृत्व आएपछि एजेण्डासहित पहिलो पटक बस्न लागेको बैठकमा १२ एजेण्डा तय गरिएको छ। 

आजको बैठकमा महिला साफ च्याम्पियन, नेपाल सुपर लिग, पदपूर्ति समिति गठन, सी डिभिजन छनोट, फुटबल प्रशिक्षण सञ्चालन देखि नेपालले खेल्ने साफ र एशियन कपको यू २० र यू १७ को टिम सहभागिता लगायतका विषयमा छलफल हुँनेछ। 

​यी बाहेक एन्फाका उपाध्यक्षद्वय दिर्घ बहादुर केसी (कुमार) र दिपक खतिवडाले ५ एजेन्डा थप्न आग्रह गरेपछि ती विषयमा आज छलफल हुनेछ।

खतिवडाले एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रवक्ता नियुक्तिको एजेण्डा थप गर्न माग गरेका थिए। जुन विषयमा छलफल गर्न अध्यक्ष नेम्वाङ तयार भएका छन्। 

यसअघि असार ९ गते बसेको पहिलो बैठकले महासचिव, कोषाध्यक्ष र वैदेशिक विभाग प्रमुख नियुक्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .