बलिउड अभिनेता एवं निर्देशक फरहान अख्तर र शिवानी दान्डेकर लामो समयदेखि प्रेम सम्बन्धमा छन्।
मिडिया रिपोर्टका अनुसार अब यी दुई विवाह गर्ने तयारीमा पुगेका छन्। यो जोडीले आगामी मार्चमा लगनगाँठो कस्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
फरहान र शिवानी ३ वर्षदेखि रिलेसनसिपमा छन् र लिभ-इन रिलेसनसिपमा छन्।
मिडिया रिपोर्टका अनुसार उनीहरू मार्चमा मुम्बईमा भव्य समारोह गरेर विवाह गर्ने योजना बनाइरहेका छन्।
तर कोरोना संक्रमण बढ्दै गएकाले आफ्ना परिवार र नजिकका साथीलाई मात्र विवाहमा निम्तो दिने निर्णय उनीहरूले गरेका छन्।
विवाहका लागि मुम्बईको एउटा पाँचतारे होटल बुक भइसकेको र लगभग सबै फाइनल भइसकेको बताइएको छ।
255
Shares

प्रतिक्रिया