नेपाल लगायत दुवइमा रहेर विभिन्न पेशा तथा रोजगारीमा सफलता प्राप्त गरेका व्यक्ति तथा संस्था साथै सामाजिक क्षेत्रमा योगदान पुर्याएकाहरु लाई एमएसएन एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ।
दुवई मोडल संघ, नेपालको आयोजनामा दुवईमा सो अवार्ड सम्पन्न भएको हो।
सो अवसरमा नेपालमा एभीएसनको क्षेत्रमा विगत १० वर्षदेखि निरन्तररुपमा एयर होस्टेजको तालिम प्रदान गर्दै आएको संस्था नेपाल एयरहोस्टेज एकेडेमीलाई पनि नेपालकै उत्कृष्ट एयरहोस्टेज तालिम सेन्टर एमएसएन एक्सिलेन्स अवार्ड २०२१ अवार्ड घोषणा गरिएको थियो।
विशेष कारणबस दुवइको कार्यक्रममा उपस्थित हुन नसेपछि उक्त अवार्ड आयोजक संस्थाका अध्यक्ष डेभिल सिंह राजपुतले नेपाल एयर होस्टेज एकेडेमीका निर्देशक रेजिना तुलाधर र प्रशिक्षक गौरीकला थापालाई नेपालमा नै उक्त अवार्ड प्रदान गरेका थिए।
कार्यक्रम एनआरएनए आईसीसीका पूर्वसल्लाहकार एवम् वरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुत्र्दाह बकर विषेश उपस्थिति रहेको थियो।
कार्यक्रम माझ सञ्चार उद्यमतर्फ कर्पोरेट मिडिया नेटवर्कका अध्यक्ष उज्जल जंग पराक्रम शाह, समाजसेवा तर्फ रोटरी क्लब अफ कपन २०२०,२०२१ का प्रेसिडेण्टर समाजसेवी शिवहरि खनाल, गायन तर्फ रक सिंगर बिनोद ढकाल, मोफसल पत्रकारिता तर्फ हिमालय टेलिभिजनका पत्रकार विष्णु गौतम, सामाजिक अभियान तर्फ बिर्ता जेसिसका राजेश बहादुर धिमाल, सौन्दर्यशास्त्रका विभिन्न विधा तर्फ व्युटीसियनहरु रेखा शाह एमएसएन एक्सिलेन्स अवार्ड २०२१ बाट विभुषित भएका थिए।
Shares

प्रतिक्रिया