गायिका प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छन्।
गायिका अधिकारीले आइतबार प्रेमी निर्माण सिटौलासँग टीकाटालो गरेकी हुन्।
झापास्थित घरमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन्।

उनीहरूले आगामी आइतबार बिहे गर्ने बताइएको छ।

प्रविशा युवा पुस्तामा रुचाइएकी गायिका हुन्। द भ्वाइस किड्स कोच बनेपछि उनी चर्चामा छिन्।
निर्माण झापा चारपानेका बासिन्दा हुन्। लामो समयदेखि अमेरिकामा बसोबासरत उनी बिहे गर्न दसैंअघि अमेरिकाबाट नेपाल आएका हुन्।
भर्चुअल माध्यमबाट लामो समयदेखि सम्बन्धमा रहे पनि निर्माण काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलोपटक भेट भएको थियो।
1.1k
Shares

प्रतिक्रिया