ad ad

कारोबार


शून्य आम्दानीको रिभियन एकैचोटि कसरी बन्यो संसारकै तेस्रो ठूलो सवारी कम्पनी?

शून्य आम्दानीको रिभियन एकैचोटि कसरी बन्यो संसारकै तेस्रो ठूलो सवारी कम्पनी?

नेपालखबर
मंसिर ५, २०७८ आइतबार ८:२२, काठमाडौँ

रिभियन नामक स्टार्टअप कम्पनीले स्थापनाको १२ वर्ष मात्रै पूरा गरेको छ। 

तर अहिलेसम्म एउटा पनि सवारीसाधन बिक्री नगरेको कम्पनी संसारकै तेस्रो उच्च मूल्यवान् कम्पनी बन्न सफल भएको छ। 

विद्युतीय सवारीसाधन उत्पादनकर्ता कम्पनी पब्लिकमा रुपान्तरण भएको हप्ता/१० दिनमात्रै भएको छ। तर यसको सेयर मूल्य यो अवधिमा दोब्बरभन्दा बढीले आकाशिएको छ। जसले कम्पनीलाई १ खर्ब ४० अर्ब अमेरिकी डलर मूल्यवान् बनाइदिएको छ। 

यसले फक्सवागनलाई समेत पछि छोडिदिएको छ। जसको मूल्यांकल १ खर्ब ३९ अर्ब अमेरिकी डलर छ। यसभन्दा अगाडि ३ खर्ब ६ अर्ब अमेरिकी डलर मूल्यवान् टोयोटा र १० खर्ब अमेरिकी डलर मूल्यवान् टेस्ला मात्रै छन्। 

पछिल्ला सेयर कारोबार दिनहरुमा कम्पनीको सेयर बढिरहेको छ। गत मंगलबार यसको सेयर सुरुवाती कारोबारमै ६ प्रतिशतले बढेरको थियो। उक्त दिन कम्पनीको सेयर प्रतिकित्ता १५९ अमेरिकी डलरमा किनबेच भएको थियो। 

गत हप्ता जब कम्पनी सेयर बजारमा प्रवेश गरेको थियो, प्रतिकित्ता मूल्य ७८ अमेरिकी डलरमात्रै थियो। 

आश्चर्यलाग्दो कुरा त कम्पनीले एउटा पनि सवारीसाधन बजार पठाइसकेको छैन तर ठूला लगानी चाहनालाई मज्जैले आकर्षित गरिरहेको छ।

यसलाई जेफ बेजोसको अनलाइन शपिङ कम्पनी अमेजनको साथ छ। सन् २०१९ मा अमेजनले यसको २० प्रतिशत सेयर किनेको थियो। त्यस्तै फोर्डको पनि कम्पनीले साथ पाएको छ। 

धेरै समय विश्वका सर्वधनाढ्यको स्थान लिएका जेफ बेजोस त यसका फ्यान नै बनेका छन्। उनी आफ्ना सहकर्मी अन्तरिक्ष अन्वेषकहरुसँगै ब्लु ओरिजिनको वेस्ट टेक्सस लन्च साइट जाँदा र आउँदा रिभियनकै ‘साइनेचर’ गाडीमा देखिन्छन्। 

त्यसो त विद्युतीय गाडीहरुको आकाशिँदो महत्व नयाँ होइन।

धेरै विश्लेषकमात्र होइन टेस्लाकै संस्थापक एलन मस्कले समेत आफ्नै टेस्ला कम्पनीको मूल्यांकन नसोचेको पाराले आकाशिएको तर्क गरिरहेका छन्।

तर यसको सेयर मूल्य सेयरबजारमा चढिरहेकै छ।

यही प्रवृत्ति अरु विद्युतीय सवारी निर्माताको हकमा पनि लागू भएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनको १२ खर्ब अमेरिकी डलर खर्च गर्ने पूर्वाधार विधेयकले सोमबार मात्रै कानुनी रुप पाएको छ। यसभित्र साढे ७ अर्ब अमेरिकी डलर राष्ट्रव्यापी रुपमा विद्युतीय सवारी चार्ज गर्न प्लग इन चार्जर नेटवर्क विस्तारमा खर्च हुनेछ। 

दशकअगाडि टेस्लाको सेयर किन्न छोडेका लगानीकर्ताहरु फेरि अहिले पाएको मौका त्यसै जान दिने पक्षमा छैनन्। त्यसकारण पनि रिभियनले लगानीकर्तालाई आकर्षित गरेको विश्वास गरिएको छ। अमेरिकी बजारमा रिभियन टेस्ला नरुचाउनेका लागि विश्वासिलो विकल्प हुने सम्भावना उस्तै छ। 

रिभियनको मुख्य उत्पादन नै केवल विद्युतीय सवारीसाधन हुनेछैन, यसले त पिकअप ट्रक बजारमा पठाउँदै छ। अमेरिकी बजारमा यसलाई निकै महत्वपूर्ण मानिएको छ। अहिले अमेरिकी बजारमा फोर्डको एफ–१५०, द सेभी सिल्भेराडो र र्याम लोकप्रिय छन्। 

सेयरबजारमा प्रवेश गरेलगत्तै १ खर्ब डलर मूल्यांकन 
गत बुधबारदेखि सेयरबजार छिरेको यो कम्पनीको सेयर पहिलो दिनको कारोबारमै ३० प्रतिशतले बढेपछि १ खर्ब डलर मूल्यांकनको भएको थियो। 

विद्युतीय भ्यान, पिकअप र एसयूभीहरु विकास गरिरहेको स्टार्टअप कम्पनी रिभियनलाई टेस्लापछि अमेरिकामा सर्वाधिक मूल्यवान् विद्युतीय कार कम्पनी बनाइदिएको थियो। 

विगत दुई वर्षयता कम्पनीले दुई अर्ब डलर घाटा व्यहोरेको थियो। गत मंगलबार कम्पनीले लगानीकर्ताबाट ११ अर्ब ९० करोड डलर उठाएको थियो । लगानीकर्ताहरुले प्रतिकित्ता ७८ अमेरिकी डलरमा सेयर किनेका थिए । जुन कम्पनीले सोचेभन्दा माथिको दर थियो। 

सोसँगै रिभियनलाई एलन मस्कको टेस्लासँग तुलना समेत गर्न थालिएको थियो। टेस्ला त्यस्तो कार हो जसले विद्युतीय कारहरुको बजारलाई परिवर्तन गरिदिएको छ ।

रिभियनले अहिले नै फोर्ड र जनरल मोटर्स (जीएम)लाई पछाडि पारिसकेको छ। उसले डिसेम्बरदेखि एसयूभी, पिकअपलगायतको डिजाइन र उत्पादन सुरु गर्दै छ। सन् २०२३ देखि डेलिभरी सुरु गर्ने कम्पनीको लक्ष्य छ।

रिभियन सन् २००९ मा स्थापना भएको कम्पनी हो। सुरुमा यो मेनस्ट्रिम मोटर्स थियो। पछि सन् २०११ मा रिभियन बनेको थियो। बीबीसी र सीएनएनको सहयोगमा। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .