ad ad

कला


पाकिस्तानी गायिकाले ‘कुटुमा कुटु सुपारी दाना’ गाएपछि भयो भाइरल (भिडिओ)

पाकिस्तानी गायिकाले  ‘कुटुमा कुटु सुपारी दाना’ गाएपछि भयो भाइरल (भिडिओ)

‘कुटुमा कुटु सुपारी दाना’ गीत गाउँदै पाकिस्तानी गायिका सारा राजा खान।


नेपालखबर
कात्तिक २, २०७८ मंगलबार ६:१५, काठमाडौँ

मित्रराष्ट्र पाकिस्तानकी गायिकाले नेपाली गीत गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गायिका सारा राजा खानले एक कार्यक्रममा नेपाली गीत गाएपछि त्यसको भिडिओ भाइरल भएको हो। 

उनले पाकिस्तानी नै गायक/गीतकार गुलाम अलीले गाएको  ‘गाजलु ती ठूलाठूला आँखा’ र गायक/संगीतकार राजनराज शिवाकोटी, मेलिना राईलगायतको स्वरमा रहेको  ‘कुटुमा कुटु सुपारी दाना’लगायत नेपाली गीत गाएकी हुन्। ‘कुटुमा कुटु सुपारी दाना’ नेपाली चलचित्र ‘दुई रुपैयाँ’को गीत हो। 

पाकिस्तानी गायिका साराले नेपाली गीत गाउँदा कार्यक्रममा उपस्थित नेपाली तथा पाकिस्तानी दर्शकले वाहवाही गरेका थिए।

सारा पाकिस्तानी रियालिटी सो ब्राइट स्टारकी विजेता पनि हुन्। उनले ‘मेरे कातिल, मेरे दिलदार’ गीतबाट सर्वश्रेष्ठ मौलिक साउन्डट्र्याकका लागि सन् २०१३ मा पुरस्कार पाएकी थिइन्।

तलको भिडिओमा सुन्नुहोस् पाकिस्तानी गायिकाले रोचक ढंगले नेपाली गीत गाएको–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .