कैलालीमा नदीले बगाउँदा एक युवा बेपत्ता भएका छन्।
स्थानीय खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
खुटिया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा आउजी बेपत्ता भएका हुन्।
उनको खोजीका लागि सोमबार दिउँसोदेखि नै गोताखोरसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
12
Shares
प्रतिक्रिया