कला


लागुऔषध आरोपमा गिरफ्तार शाहरुखका छोरा आर्यनको गुनासो: आफ्नै बुबा भेट्न पनि पहिले अनुमति लिनुपर्थ्याे!

लागुऔषध आरोपमा गिरफ्तार शाहरुखका छोरा आर्यनको गुनासो: आफ्नै बुबा भेट्न पनि पहिले अनुमति लिनुपर्थ्याे!

फाइल तस्बिर : छोरा आर्यनका साथ शाहरुख खान।


नेपालखबर
असोज १९, २०७८ मंगलबार १५:१, काठमाडौँ

लागुऔषध आरोपमा बलिउडका चर्चित अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित ८ अभियुक्त यही अक्टोबर ७ तारिखसम्मका लागि नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को हिरासतमा छन्।

एनसीबीले लिएको बयानका क्रममा आर्यनले आफ्ना बुबा शाहरुखलाई भेट्न पनि पहिले प्रबन्धक पूजासँग समय मिलाउनुपर्ने गरेको खुलासा गरेका छन्। 

बुबा शाहरुखको व्यस्तताका कारण आफूले भन्नासाथ भेट्न नपाउने पहिले उनका प्रबन्धकसँग अनुमति लिनुपर्ने कुरा आर्यनले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

शाहरुख खान हाल एकसाथ धेरैवटा फिल्ममा काम गरिरहेका छन्।  जसले गर्दा उनको कार्यतालिका निकै कडा छ। यसकारण आफ्नै छोराले भेट्न पनि पहिले अनुमति पाउनुपर्ने भएको हो। ​

याे पनि : ​शाहरुख खानका छोरालाई धरौटीमा छाड्न मानेन अदालतले, तीन दिन म्याद थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .