कांग्रेसका बागी उम्मेदवारको चुनौति झेलिरहेकी सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले भरतपुरको मेयरमा मतान्तर फराकिलो पार्दै लगेकी छन् ।
उनको अग्रताको रोचक पक्ष के छ भने, पछिल्लो मतगणनामा उनले एमाले समर्थक मतदाताकै उल्लेख्य मत प्राप्त गरिरहेकी छन् ।
सत्तागठबन्धनमा आवघ भन्दा एमालेको बढी प्रभाव रहेको भरतपुर– ११ को मतगणना परिणामले रेनुले एमालेकै मत प्राप्त गर्दा उनको मतान्तर बढिरहेको देखिएको छ ।
शुक्रबार बिहान सार्वजनिक वडा नं ११ को मतगणना परिणाम अनुसार खसेको ९ हजार ८१ मतमध्ये ५ हजार ८ सय ९ मत गणना गर्दा वडाध्यक्षका एमाले उम्मेदवारले प्राप्त गरेभन्दा साढे तीन सय भन्दा कम मत एमालेबाट मेयरका उम्मेदवारले प्राप्त गरेका छन् ।
तर, त्यही वडामा रेनुले भने गठबन्धनका उम्मेदवारले प्राप्त गरेभन्दा झण्डै दुई सय बढी मत प्राप्त गरिन् ।
सो वडामा वडाध्यक्षका एमाले उम्मेदवार कमल मल्लले २ हजार ४ सय ९९ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार युवराज पौडेलले त्यहाँ १ हजार ९ सय २७ मत मात्र प्राप्त गरेका छन् ।
तर, वडाध्यक्षका एमाले उम्मेदवारले २ हजार ४ सय ९९ मत प्राप्त गर्दा मेयरमा भने एमाले उम्मेदवार विजय सुवेदीले २ हजार १ सय ३१ मत प्राप्त गरे । अर्थात्, सुवेदीले वडाध्यक्षमा एमाले उम्मेदवारले पाए भन्दा ३ सय ६८ कम मत प्राप्त गरे ।
यसका विपरित रेणुले भने गठबन्धनको तर्फबाट माओवादी उम्मेदवारले प्राप्त गरेभन्दा ३ सय १४ मत बढी प्राप्त गरिन् । एमालेको प्रभावक्षेत्र मानिने वडाको जारी मतगणनामा प्राप्त मत परिणाममा रेणु १ सय १० मतान्तरले रेणुले एमालेका सुवेदीलाई पछि पारिन् ।
यहाँ स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ सय ७४ मत प्रापत गरेका छन् ।
एमालेको प्रभाव क्षेत्र मानिने वडा नं ११ को आधा मत गणनामा रेनुले अग्रता लिएपछि विजयको जीतको सम्भावना अरु खुम्चिएको विश्लेषण गर्न थालिएको छ । अहिले वडा नं ११ को बाँकी मतका अलवा १२ नं वडाको गणना सुरु गरिएको छ ।
गणना सुरु भएको १२ नं वडा एमाले उम्मेदवार सुवेदीको घर रहेको वडा हो । जानकारी अनुसार, यो वडामा सुवेदीले थोरै मतले अग्रता हासिल गरिरहेका छन् । तर, यसअघिको मतान्तर उल्लेख्य रुपमा घटाउने गरी यहाँपनि उनले उल्लेख्य मत प्राप्त गर्न नसकेको बताइएको छ ।
एमालेको प्रभाव क्षेत्र मानिने वडा नं १० मापनि एमालेका सुवेदीले अग्रता लिन सकेनन् । त्यो वडामापनि रेनुले विजय भन्दा १ सय १० मत बढी प्राप्त गरिन् । त्यो वडामा वडाध्यक्ष लगायत अन्य पदमा एमालेलाई मतदान गरेका उल्लेख्य मतदाताले मेयरमा भने रेणुलाई मत दिए ।
Shares

प्रतिक्रिया