निर्वाचन विशेष


मधेसको ३२ मध्ये ३० मा रास्वपा, को कहाँबाट?

मधेसको ३२ मध्ये ३० मा रास्वपा, को कहाँबाट?

सुभाष कर्ण
फागुन २४, २०८२ आइतबार १७:७, काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशको ३२ निर्वाचन क्षेत्रमध्ये ३० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जित हासिल गरेको छ। यो नतिजाले मधेसको राजनीतिमा नयाँ इतिहास कायम गरेको छ। यहाँ कांग्रेसले एक सिटमा जीत निकालेको छ। एक सिटको नतिजा आउन बाँकी छ।

आठ वाटा जिल्ला रहेको यो प्रदेशमा कांग्रेसले साख जोगाएको छ भने ठूला दलहरू एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मधेसवादी दलहरूले आफ्नो अस्तित्व बचाउन सकेका छैनन्। नतिजा आउन बाँकी धनुषाको क्षेत्र नम्बर १ मा पनि रास्वपाकै बढी मत छ। तर निर्वाचन आयोगले विवादका कारण त्यसको परिणाम सार्वजनिकमा रोक लगाएपछि अवरुद्ध छ।

फागुन २१ गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार रास्वपाले सप्तरी, सिरहा, महोत्तरी सर्लाही, रौतहट, पर्सासहितका ६ जिल्लामा सबै ४/४ वटै निर्वाचन क्षेत्रमा भारी मतान्तरले जीत हासिल गरेका छन्। भने बाराको एक सिटमा कांग्रेस र बाँकी ३ मा रास्वपाले जित निकालेको छ। विवादमा रहेको धनुषा १ बाहेक अन्य तीनवटै क्षेत्रमा रास्वपाले जीत हासिल गरेको छ।

सप्तरी 
सप्तरीको क्षेत्र नं. १ मा रास्वपाका पुष्पाकुमारी चौधरीले ३८ हजार १९५ मत ल्याई विजयी भएका छन् भने उनका निकटम प्रतिष्पर्धी स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ मत ल्याएका छन। सप्तरी २ मा रास्वपाका रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन भने जसपा नेपालका उमेश यादवले १४ हजार २७३ मत ल्याई दोश्रो र जनमत पार्टीका डा. सिके राउतले ९ हजार ८८० मत ल्याई तेश्रो भए। 

सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८७५ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिष्पर्धी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत ल्याए। सप्तरी ४ मा रास्वपाका सीतराम साह ३६ हजार ४१२ मत ल्याएर विजयी भए हुँदा कांग्रेसका तेजुलाल चौधरी १३ हजार १०३ मत ल्याई दोश्रो भएका छन्।

सिरहा 
सिरहा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बब्लु यादव गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर–२ मा रास्वपाका शिवशंकर यादव ३९ हजार ५६१ मतसहित विजयी हुँदा कांग्रेसका रामसन्द्री यादव १२ हजार ८०० मतसहित दोस्रो स्थानमा रहे।

त्यसैगरी क्षेत्र नम्बर–३ मा रास्वपाका शम्भु कुमार यादव ३२ हजार ९४९ मतसहित निर्वाचित भएका छन् भने हिमालय दलका लीलानाथ श्रेष्ठ १० हजार १२६ मतसहित दोस्रो स्थानमा रहे।

क्षेत्र नम्बर–४ मा रास्वपाका तपेश्वर यादव ३६ हजार २१० मतसहित विजयी हुँदा नेकपाका अजयशंकर नायकले ७ हजार ९७९ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन्।

धनुषा 
धनुषा क्षेत्र नम्बर–१ को परिणाम अझै विवादित अवस्थामा रहेका कारण परिणाम रोकिएको छ।

क्षेत्र नम्बर–२ मा रास्वपाका रामविनोद यादव ४१ हजार ६३७ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका दिनेश प्रसाद यादव परसैला १० हजार १९८ मतसहित दोस्रो स्थानमा रहे। क्षेत्र नम्बर–३ मा रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भएका छन् भने कांग्रेसका विमलेन्द्र निधि १६ हजार ६५२ मतसहित प्रतिष्पर्धी बने। पार्टीको पूर्व उपसभापति समेत रहेका निधी सो क्षेत्रबाट अहिलेसम्म ५ पटक निर्वाचन जितिसकेका नेता हुन्। 

क्षेत्र नम्बर–४ मा कांग्रेस र एमालेका दुई दिग्गज नेतालाई मात दिदैं रास्वपाका राजकिशोर महतो ४८ हजार २७० मत ल्याएर भारी मतान्तरले विजयी भएका छन्। कांग्रेसका उम्मेदवार महेन्द्र यादव १५ हजार ८०९ ल्याई दोश्रो र घुवीर महासेठ ११ हजार ५२९ मतसहित तेश्रो स्थानमा स्थानमा रहेका छन्। यादव कांग्रेसका पूर्व सहमहामन्त्री हुन भने महासेठले तीन पटकदेखि निरन्तर सो क्षेत्रबाट जित्दै आएका थिए। उनी एमालेका उपमहासचिव हुन्।

सर्लाही 
सर्लाही क्षेत्र नम्बर–१ मा रास्वपाका नितिमा भण्डारी कार्की ४६ हजार १८१ मतसहित भारी मतान्तरले विजयी भएका छन् भने कांग्रेसका शम्भुलाल श्रेष्ठ ७ हजार ८७१ मतसहित दोस्रो स्थानमा छन्।

क्षेत्र नम्बर–२ मा रास्वपाका रविन महतो ४२ हजार ५१२ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटम प्रतिष्पर्धी नेकपाका महेन्द्र राय यादवले ८ हजार ५२३ मत मात्र ल्याए। उनी पनि मधेसी दल हुँदै हाल नेकपाका प्रवेश गरेका दिग्गज नेता हुन  भने सो क्षेत्रबाट पटक पटक निर्वाचन जित्दै आएका थिए। यहाँ मधेसवादी दलका चर्चित नेता तथा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले मात्र ५ हजार ९९२ मत ल्याई चौथो स्थान प्राप्त गरे। 

क्षेत्र नम्बर–३ मा रास्वपाका नरेन्द्र साह कलवार ४६ हजार ८९० मतसहित विजयी भएका छन् भने नेकपाका नारायणकाजी श्रेष्ठ १३ हजार ३३८ मतसहित दोस्रो स्थानमा रहे। कलवार यसअघि नेकपाकै नेता थिए उनले त्यहाँबाट टिकट नपाएपछि रास्वपाबाट उम्मेदवार बनेका थिए। 

क्षेत्र नम्बर–४ मा रास्वपाका अमरेश कुमार सिंह ३५ हजार ६२८ मतसहित विजयी भएका छन्। उनीसँग प्रतिष्पर्धामा रहेका सबैभन्दा हेभिवेट नेता मध्ये एक कांग्रेसका सभापति गगन थापा २२ हजार ८३१ म्तमा सिमित भए। कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार थापा घोषणा हुँदा झापापछि देशकै महत्वपूर्ण क्षेत्रको मानिएको सर्लाही ४ लाई हेरिएको थियो।

महोत्तरी
महोत्तरी क्षेत्र नम्बर–१ मा रास्वपाका प्रमोद कुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भएका छन् भने नेकपाका गिरिराजमणि पोखरेल १२ हजार ६२४ मतसहित दोस्रो भए। 

क्षेत्र नम्बर–२ मा रास्वपाका दीपक कुमार साह ३२ हजार ७२२ मतसहित निर्वाचित भए। साहले १५ पटकको निर्वाचनमा १३ पटक जितेका जसपा नेपालका शरत सिंहलाई भारी मतान्तरले हराएका हुन। भण्डारीले मात्र १० हजार १९८ मत ल्याउन सके। यो करिब एक तिहाई मात्र हो। 

क्षेत्र नम्बर ३ मा रास्वपाकै उम्मेदवार उज्जवलकुमार झा ३२ हजार ४१५ मत ल्याई विजयी भए भने यहाँ निकटम प्रतिष्पर्धी रहेका नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले ५ हजार ९६९ मत ल्याए।

क्षेत्र नम्बर–४ मा रास्वपाकी गौरी कुमारी ३० हजार १३२ मतसहित विजयी हुँदा जसपा नेपालका सुरेन्द्र यादव ८ हजार ७४२ मतसहित दोस्रो स्थानमा छन्।

रौतहट 
रौतहट क्षेत्र नम्बर–१ मा रास्वपाका राजेश कुमार चौधरी २८ हजार ९४६ मतसहित विजयी भएका छन् भने एमालेका अजय कुमार गुप्ता १० हजार ६९३ मतसहित दोस्रो भए।

क्षेत्र नम्बर–२ नै यस्तो क्षेत्र हो जहाँबाट कांग्रेसले आफ्नो साख जोगाए। यहाँ कांग्रेसका मोहम्मद फिरदौस आलम २९ हजार ५२८ मत ल्याएर विजयी भएका छन्। दोस्रो स्थानमा रहेको नेकपाका किरण कुमार साहको १८ हजार ४४२ मत छ। रास्वपाका उम्मेदवार शेख सागिरले भने ९ हजार ३२५ मत ल्याई तेश्रो स्थान प्राप्त गरे।

क्षेत्र नम्बर–३ रास्वपाका रविन्द्र पटेल २७ हजार ३१८ मत ल्याई विजयी भएका छन् भने जसपा नेपालका गोविन्द चौधरी ११ हजार ९५४ मत ल्याई दोश्रो स्थानमा छ। 

क्षेत्र नम्बर–४ मा रास्वापका गणेश पौडेल ३६ हजार ८७६ मत ल्याई विजयी भएका छन भने दोश्रो स्थानमा कांग्रेसका देवप्रसाद तिमलसेना रहेका छन, उनले मात्र १५ हजार ८६५ ल्याएका छन्।

बारा 
यो जिल्लाको क्षेत्र नम्बर–१ मा रास्वपाका गणेश भिमल ३९ हजार ९९८ मत प्राप्त गर्दै निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भु बहादुर गुरुङले १४ हजार २२३ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर–२ मा रास्वपाका चन्दन कुमार सिंह ३५ हजार ५९० मतसहित विजयी भएका छन् भने जसपा नेपालका रामकिशोर प्रसाद यादव १४ हजार १९६ मतसहित दोश्रो स्थानमा रहे। 

क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार अरविन्द साह ४० हजार ६९६ मत ल्याई विजयी भएका छन भने निकटम प्रतिष्पर्धी कांग्रेसका रहेका फरमुल्लाह मन्सूरले  मात्र १० हजार ५२ मतसहित बनेका छन।

क्षेत्र नम्बर–४ मा रास्वपाका रहबर अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित भएका छन्। नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ले ११ हजार ६३९ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्।

पर्सा
पर्सा क्षेत्र नम्बर–१ मा रास्वपाका बुद्धिप्रसाद पन्थ ‘हरि’ २७ हजार २७४ मतसहित विजयी भएका छन् भने एमालेका प्रदीप यादव १३ हजार ३० मतसहित दोस्रो स्थानमा छन्।

क्षेत्र नम्बर–२ मा रास्वपाका सुशील कुमार साह कानु ३० हजार ७४० मत ल्याएर निर्वाचित भएका छन् भने यहाँ कांग्रेसका अजय कुमार चौधरी ११ हजार ८९० मतसहित दोस्रो स्थानमा रहेका छन्।

पर्सा क्षेत्र नम्बर–३ मा रास्वपाका रमाकान्त प्रसाद चौधरी २९ हजार ६७९ मत प्राप्त गर्दै विजयी भएका छन् भने कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी १६ हजार ३६६ मतसहित दोस्रो स्थानमा छन्।

पर्सा क्षेत्र नम्बर–४ मा रास्वपाका टेकबहादुर साखे २८ हजार ६०० मतसहित निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका रमेश रिजाल १२ हजार ५३४ मतसहित दोस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad