कर्णाली प्रदेशभर प्रत्यक्षतर्फ र समानुपातिक गरी ४९ हजार ४५१ मत बदर भएको देखिएको छ। प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार प्रत्यक्षतर्फ २६ हजार ६१८ अर्थात् ४.६८ प्रतिशत र समानुपातिकतर्फ २२ हजार ८३३ अर्थात् ३.९५ प्रतिशत मत बदर भएको छ।
कर्णाली प्रदेशभर ९४१ मतदानस्थलमा कुल १० लाख ३७ हजार २५० मतदाता रहेका थिए। ती मध्ये प्रत्यक्षतर्फ ५ लाख ६८ हजार २११ र समानुपातिकतर्फ ५ लाख ७७ हजार ६०१ मत खसेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए।
उनकाअनुसार प्रत्यक्षतर्फ खसेको मत मध्ये ५ लाख ४१ हजार ५९३, समानुपातिकतर्फ ५ लाख ५४ हजार ७६८ मत सदर थियो।
समानुपातिक भन्दा प्रत्यक्षतर्फ बढी मत बदर देखिएको छ।
प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नं १ मा २ हजार ४८३ मत, सुर्खेत क्षेत्र नं–२ मा ३ हजार ३५९ मत, दैलेख–१ मा २ हजार ६१, दैलेख–२ मा ३ हजार ३६०, जाजरकोटमा ३ हजार ४५६, सल्यानमा ३ हजार ४५८, रुकुमपश्चिममा ३ हजार १६, कालीकोटमा १ हजार ९७३, जुम्लामा १ हजार ७०५, मुगुमा ८४६, डोल्पामा ५१३ र हुम्लामा ३८८ बदर मत बदर भएको छ।
यस्तै, समानुपातिकतर्फ सुर्खेत–१ मा १ हजार ९८२, सुर्खेत–२ मा २ हजार ६७१, दैलेख–१ मा १ हजार ५६५, दैलेख–२ मा २ हजार ८९५, जाजरकोटमा ३ हजार ६१८, सल्यानमा ३ हजार ३५, रुकुमपश्चिम २ हजार ३२५, कालीकोट १ हजार ८७०, जुम्लामा १ हजार ३३२, मुगुमा ७०६, डोल्पामा ४४१ र हुम्लामा ३९३ बदर मत भएको छ।
९० उम्मेदवारको जमानत जफत
प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका मध्ये ९० जनाको जमानत जफत भएको छ।
सुर्खेत–१ मा १०, सुर्खेत–२ मा १३, दैलेख–१ मा ६, दैलेख–२ मा ७, जाजरकोटमा ८, सल्यानमा १०, रुकुमपश्चिमा ९, कालीकोट, जुम्ला र डोल्पामा ६÷६, मुगु र हुम्लामा ४÷४ जना उम्मेदवारको जमानत जफत भएको हो।
Shares

प्रतिक्रिया