समग्र निर्वाचन परिणाम अनुसार आँधिमय बेगमा अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वी पहाडी क्षेत्रमा भने राम्रो प्रदर्शन गर्न सकिरहेको छैन।
त्यसबाहेक सोलु, खोटाङ, भोजपुर, पाँचथर र ताप्लेजुङमा रास्वपा पाँचौँ स्थानमा छ।
तेह्रथुममा नेपाली कंग्रेसका सन्तोष सुब्बा विजयी भइसकेका छन् । त्यहाँ रास्वपाका सुरेन्द्र कार्की ७ हजार ७ सय २३ मतका साथ रास्वपा तेस्रो स्थानमा रहेका छन्। धनकुटामा ६ हजार ९ सय ५६ मतका सात रास्वपाका दिनेस भण्डारी चौथो स्थानमा रहेका छन्।
इलामका दुबै क्षेत्रमा रास्वपाका उम्मेद्वार चौथो स्थानमा छ। संखुवासभामा भर्खर मात्रै मत गणना शुरु भएको छ ।

प्रतिक्रिया