अहिलेसम्म जीतको खाता नखोलेका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पूर्वी पहाडी जिल्ला खोटाङमा जित उन्मुख मत ल्याएको छ । शुरुदेखि नै झिनो मतान्तरका साथ लिड गरिरहेको श्रम संस्कृतिका आरेन राई करिब ४० प्रतिशत मत गणना भइसक्दा १ हजार ६ सय ९३ मतले अगाडि छन् ।
आरेनले ६ हजार ७ सय ४७ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का देवविक्रम राईले ५ हजार ९३ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कंग्रेसका वीरकाजी राईले ५ हजार ७६ र चौथो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरि रोकाले चार हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।
दुई नगरपालिका र ८ वटा गाउँ पालिका रहेको खोटाङमा केपिलासगढि गाउँपालिका, ऐँसेलुखर्क गाउँपालिका, रावावेसी गाउँपालिका, खोटेहाङ, दिप्रुङ चुईचुमा गाउँपालिका र साकेला गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । अब सबभन्दा धेरै मतदाता रहेको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका, हलेसी तुवाचुङ् नगरपालिकासहित जन्तेढुङ्गा गाउँपालिका, बराह पोखरी गाउँपालिकाको मत गणना बाँकी छ ।
Shares

प्रतिक्रिया