निर्वाचन विशेष


धादिङको थाक्रे गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

धादिङको थाक्रे गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

रामकुमार आचार्य


नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १२:१, धादिङ

धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामकुमार आचार्य निर्वाचित भएका छन्। 

उनी १० हजार ३५५ मत ल्याए पुनः गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद बिँडारीले ८ हजार ११६ मत ल्याए। बिँडारी गठबन्धनका तर्फबाट उम्मेदवार थिए। 

नेकपा एमालेले यसपटक उपाध्यक्ष पद भने जोगाउन सकेन। पूर्वउपाध्यक्ष अम्बिका रुपाखेतीलाई उठाए पनि यसपालि गठबन्धनका तर्फबाट उठेका माओवादी केन्द्रका यन्त्रबहादुर थापा ९ हजार ४३१ मत ल्याए विजयी भए। रुपाखेतीले भने ९ हजार ९१ मत मात्रै ल्याइन्। 

थाक्रेमा वडा १ मा नेकपा एमालेका श्यामसुन्दर थापा (६४१ मत), २ मा माओवादीका टिकाराम तामाङ (१३२३ मत), ३ मा माओवादीकै विजय तामाङ (१३१४), ४ मा माओवादीकै आसाराम तामाङ (८०१), ५ मा एमालेका सन्तबहादुर तामाङ (६७८), ६ मा माओवादीका हिरा बहादुर थापा (८८७), ७ मा एमालेका युवराज खतिवडा (१०२४), ८ मा एकीकृत समाजवादीका प्रेमकुमार थापा (१०३८), ९ मा एमालेका श्यामचन्द्र आचार्य (८८९), १० मा एमालेकै गोकुल प्रसाद लामिछाने (९३३) र ११ मा नेपाली कांग्रेसका सुदर्शन पाण्डे (९५१) वडाध्यक्ष पदमा निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad