निर्वाचन विशेष


डडेलधुराको परशुराम नगरको मेयरमा २८ वर्षीय युवा निर्वाचित

डडेलधुराको परशुराम नगरको मेयरमा २८ वर्षीय युवा निर्वाचित

नेपालखबर
जेठ ४, २०७९ बुधबार १:१६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा २८ वर्षीय युवा विजयी भएका छन्। 

नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार भरत बडायर जोशी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंह माललाई पराजित गर्दै विजयी भएका हुन्। 

जोशीले ५ हजार ९४१ र मालले ५ हजार ८०५ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार केशव बोहराले २ हजार ६०६ मतसहित तेस्रो भएका छन्। 

नगर उपप्रमुखमा माओवादी केन्द्रकी विमला महत विजयी भएकी छन्। महतले ५ हजार ८८५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कलावती बोहराले ४ हजार ५९३ मत पाएकी छन्।

परशुराममा प्रमुख पदमा १३६ र उपप्रमुखमा १ हजार २९२ मत बदर भएको बताइएको छ। परशुरामका १२ वडामध्ये ७ वडामा माओवादी केन्द्र र ५ वडामा कांग्रेस विजयी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad