निर्वाचन विशेष


०७४ मा कांग्रेसले जितेको नुवाकोटको दुप्चेश्वरमा माओवादी केन्द्र विजयी

०७४ मा कांग्रेसले जितेको नुवाकोटको दुप्चेश्वरमा माओवादी केन्द्र विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १:११, काठमाडौँ

०७४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा यसपटक नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट उम्मेदवार बनेका शंकरबहादुर थापा ४ हजार ४सय ७३ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पूर्णबहादुर तामाङले ३ हजार ४ सय ५० मत प्राप्त गरेका छन्। 

एमालेका उम्मेदवार योविन्द्रसिंह तामाङ ३ हजार १४१ मतसहित तेस्रो स्थानमा छन्। 

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी माकुरी तामाङले ४ हजार ४ सय ३३ मत प्राप्त गरेकी छिन्। तामाङकी प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अञ्जु आचार्यले ३ हजार ६ सय ३५ मत प्राप्त गरेकी छिन्। 

०७४ को निर्वाचनमा यस पालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित निकालेको थियो। कांग्रेसका योविन्द्रसिं तामाङ ३ हजार ७ सय १४ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला नेकपा माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad