निर्वाचन विशेष


एमालेका कारण मतगणना रोकियो, पोखरामा गठबन्धनको विजय जुलुस रोकियो

एमालेका कारण मतगणना रोकियो, पोखरामा गठबन्धनको विजय जुलुस रोकियो

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०७९ मंगलबार १३:३७, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा नेकपा एमालेले पुन:मतगणना माग राखेपछि समस्या भएको छ। 

मतगणनास्थलमा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि गणना रोकिएको मुख्य निर्वाचन आयोग पोखराले जनाएको छ। 

जसले गर्दा  पोखराको २२, ३२ र ३३ को गणना रोकिन पुगेको छ। विजय र्‍याली निकाल्न तयार गठबन्धन दलहरु गणना रोकिएपछि अन्योलमा परेका छन्।

एमालेले पोखराको १८ र ३१ नम्बर वडामा पुन:गणना माग गरेको छ।

३१ मा मुचुल्का गरेको भन्दा ३ र १८ मा ९ मत कम देखिएकोले पुन:गणना माग गरिएको एमाले पोखरा नगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले बताए।

निवेदन एमाले प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले दिएका हुन्।

३१ मा ४ हजार ४८१ खसेकोमा गणना गर्दा ३ मत नपुगेको एमालेको जिकिर छ।

त्यहाँ एमाले वडाअध्यक्ष १६१ ले पराजित भएको थियो। वडा नम्बर १८ मा कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए। १८ मा ४ हजार ३४८ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad