निर्वाचन विशेष


वीरगञ्जको प्रमुखमा सत्ता गठबन्धनका राजेशमान सिंह विजयी

वीरगञ्जको प्रमुखमा सत्ता गठबन्धनका राजेशमान सिंह विजयी

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १०:३३, काठमाडौँ

वीरगञ्ज महानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  

प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी बनेका हुन्। 

सिंहका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका छन्।

आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित बनेका हुन्।

यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम विजयी भएका छन्। उनी २५ हजार १५८ मतसहित विजयी बनेका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का  पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी छ।

वीरगञ्ज महानगरपालिकाको नेतृत्वका लागि सत्ता गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीच चुनावी तालमेल भएको थियो।

एमाले र लोसपाको गठबन्धनबाट एमालेका सरावगी उम्मेदवार बनेका थिए। अघिल्लो पटक जसपाबाट वीरगञ्जको मेयर बनेका सरावगी एमाले प्रवेश गरेर पुनः उम्मेदवार बनेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad