निर्वाचन विशेष


पोखरामा धनराज आचार्यलाई ५२८६ मतको अग्रता, गणना नसकिँदै विजयी जुलुसको तयारी

पोखरामा धनराज आचार्यलाई ५२८६ मतको अग्रता, गणना नसकिँदै विजयी जुलुसको तयारी

नेपालखबर
जेठ १०, २०७९ मंगलबार ९:२०, काठमाडौँ

स्थानीय निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। 

गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा आज बिहानसम्म एक लाख ३८ हजार २११ मतगणना सकिएको छ।

अब पाँच हजार १५ मतगणना बाँकी छँदा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले पाँच हजार २८६ मतको अग्रता बनाएका छन्। उनले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकहरूले विजयी खुसीयाली मनाउँदै विजयी जुलुसको तयारी गरेका छन्।

हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत प्राप्त गर्नुभएकामा उनका निकटतम् प्रत्यासी नेकपा एमालेका कृष्णबहादुर थापाले ५१ हजार १८५ मत ल्याएका छन्।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले सत्ता गठबन्धनका उम्मेदवारलाई चार हजार ३५ मतान्तरले पछाडि पारेकी छन्। 

गुरुङ ५८ हजार ५८२ मतसहित विजय नजिक पुग्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्यएकी छन्।। 

पोखरा महानगरपालिका वडा नं २२, ३२ र ३३ को आंशिक मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad