निर्वाचन विशेष


गोलबजार नगरपालिकामा एमाले विजयी, सिरहामा माओवादीले पाँचवटा पालिकाको नेतृत्व गुमायो

गोलबजार नगरपालिकामा एमाले विजयी, सिरहामा माओवादीले पाँचवटा पालिकाको नेतृत्व गुमायो

नेपालखबर
जेठ १०, २०७९ मंगलबार ९:४, काठमाडौँ

सिराहाको गोलबजार नगरपालिका प्रमुख उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका श्याम श्रेष्ठ माओवादी केन्द्रका उम्मेदबारलाई २ हजार २०७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

श्रेष्ठले ७ हजार ९०८ मत प्राप्त गरेका छन् भने माओवादीका देवनाथ साहले ५ हजार ७०१ मत पाएका छन्। साह गोलबजारको निवर्तमान प्रमुखसमेत हुन्। उनी माओवादी केन्द्रका नेता विश्वनाथ साहका दाजु हुन्।

कांग्रेसका राजदेव साह हलुवाइले ४ हजार ६५९ मत प्राप्त गरेका छन्।

गोलबजारको उपमेयरमा पनि एमालेकै मान्ती साह विजयी भएकी छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी माओवादीकी रेशमकुमारी थापालाई २ हजार ६० मतान्तरले पराजित गरेकी हुन्।

साहले ७ हजार ७०३ मत पाउँदा थापाले ५ हजार ६४३ मत प्राप्त गरेकी छन्। मत परिणाममा तस्रो भएकीकांग्रेसकी शान्ती सदायले ४ हजार ९६५ मत प्राप्त गरिन्।

०७४ सालका स्थानीय तह निर्वाचनमा सिरहा जिल्लामा माओवादी ६ वटा स्थानीय तहको प्रमुखमा विजयी भएको थियो। 

यस वर्ष माओवादीले मिर्चैया नगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहमा पराजय बेहोरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad