निर्वाचन विशेष


भरतपुरकाे मतगणना अन्तिम चरणमा, रेनुकाे मत ५० हजार नजिक

भरतपुरकाे मतगणना अन्तिम चरणमा, रेनुकाे मत ५० हजार नजिक

नेपालखबर
जेठ ९, २०७९ सोमबार २१:३२, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता साढे ११ हजार नाघेको छ। 

१ लाख १८ हजार ८ सय ८ मत गणना हुँदा रेनुले ४८ हजार १ सय १८ ल्याएकी छन्।

उनलाई नेकपा एमालेका विजय सुवेदीले ३६ हजार ४ सय ३१ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै रेनुको विरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ४ सय ८२ मत ल्याएका छन्।

अहिले वडा नम्बर २६ र २७ को गणना भइरहेको छ। भरतपुरमा २९ वडा छन्। अब दुईवटा वडाको गणना हुन बाँकी छ। निर्वाचन कार्यालय चितवनका अनुसार अब गन्न बाँकी ७ हजार ९ सय ७८ मत बाँकी छ। रेनु जित नजिक छिन्। 

सम्भवतः आजै अन्तिम परिणाम आउने सम्भावना रहेको गणनास्थलमा बसेका कर्मचारीले जानकारी दिए। 

उपप्रमुखमा गठबन्धनकै चित्रसेन अधिकारीले ४९ हजार मत ल्याएका छन्। एमाले र राप्रपाको गठबन्धनकी उम्मेदवार हिमलाले २८ हजार ४ सय ९८ मत ल्याइन्। वडा २६ को वडाध्यक्ष माओवादीले जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad