निर्वाचन विशेष


काठमाडौं मतगणना : बालेनले कटाए ४४ हजार

काठमाडौं मतगणना  : बालेनले कटाए ४४ हजार

नेपालखबर
जेठ ९, २०७९ सोमबार ९:५३, काठमाडौँ

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार साहले ४४ हजार १ सय ८३ मत प्राप्त गरेका छन्।

गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ८ सय ३५ मतसहित दोस्रो स्थानमा छिन्।

त्यस्तै, एमालेबाट प्रमुखका उम्मेदवार केशव स्थापितले २५ हजार २२ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा भने एमालेकी सुनिता डंगोल लगभग तेब्बर मतान्तरसहित अगाडि छिन्।

उनले ४५ हजार ८ सय ७५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad