ad ad

निर्वाचन विशेष


माओवादीका निवर्तमान मेयरलाई पराजित गर्दै बरहथवामा एमालेकी कल्पना विजयी

माओवादीका निवर्तमान मेयरलाई पराजित गर्दै बरहथवामा एमालेकी कल्पना विजयी

नेपालखबर
जेठ ९, २०७९ सोमबार ९:२७, काठमाडौँ

सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन्। 

प्रमुखमा कल्पना कुमारी कटुवाल र उपप्रमुखमा रामबाबु प्रसाद साह विजयी भएका हुन्। 

निर्वाचन आयोगका अनुसार कटुवालले १२ हजार २ सय ७३ र साहले ९ हजार ९ सय १ मत प्राप्त गरेका छन् । कटुवालले माओवादीका देवानन्द महतोलाई ५ हजार ६ सय ७ मतान्तरले पराजित गरेकी हुन्।

महतोले ६ हजा ६ सय ६६ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखका प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार १ सय १९ मत प्राप्त गरेका छन्। 

यो सँगै बरहथवाले पहिलो महिला प्रमुख पाएको छ। कटुवालले पराजित गरेका महतो निवर्तमान मेयर हुन्। सर्लाहीमा ०७४ मा विजयी भएका ४ वटा पालिका गुमाउँदा बरहथवामा भने निवर्तमान मेयरलाई पराजित गर्दै महिला निर्वाचित भएकी हुन्।

बरहथवाको मेयरमा कल्पनाको जित सुनिश्चित, सर्लाहीका चार नगर गुमाएको एमालेलाई ठूलो राहत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .